
काठमाडौँ, २० असार । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता माधवकुमार नेपाल, वामदेव गौतमलगायतका नेतासँग खुमलटारमा छलफल गरिहेका छन् ।
पार्टीमा आन्तरिक विवाद भइरहेका बेला स्थायी समिति २ दिनका लागि रोकेर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा जुटेका हुन् ।
छलफलमा झलनाथ खनाललगायत नेताहरु रहेका छन् । उता प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डरीसँग भेटवार्ता गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई र राज्यमन्त्रीलाई साँझ ७ बजे बालुवाटारमा बोलाएका छन् ।















प्रतिक्रिया