
काठमाडौँ, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझा ७ बजे बालुवाटारमा बोलाएका छन् ।
पार्टीभित्र भइरहेको आन्तरिक विवादका विषयमा छलफल गर्न बोलाइएको हुन सक्ने बताइएको छ । राज्यमन्त्रीहरुलाई समेत बोलाइएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली भने केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनीहरुबीच छलफल भइरहेको छ । के विषयमा छलफल भइरहेको भन्ने चाँहि खुलाइएको छैन ।
बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।
पछिल्लो समय आफ्नै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका छन् । देशमा कोरोना महामारी भइरहेको बेला सत्तारुढ नेकपाको आन्तरिक विवादले राजनीतिमा तरंग आएको छ ।















प्रतिक्रिया