
काठमाडौँ, २० असार । कोरोना संक्रमितको शव व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेका छन् ।
शनिबार बिहान कोरोनाकै कारण मृत्यु भएका पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएको छ ।
शनिबार दिउँसो सहिद लखन गाउँपालिका १ को लुदीखोला घाटमा नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनका लागि लगेपछि स्थानीयले अवरोध गरेका हुन् ।
शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गरेको छ ।
कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो । १० घण्टासम्म पनि शव व्यवस्थापन गर्न नदिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया