काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरिए संविधान च्यात्ने चेतावनी दिनुभएको छ ।
सनातन हिन्दू राष्ट्र नेपाल नागरिक संघर्ष समितिले राजधानीमा र्यालीपछि आयोजना गरेको कोणसभामा बोल्दै नेता खड्काले अनादी कालदेखी चल्दै आएको हिन्दु धर्मलाई नेपालको संविधानमा सापेक्ष हिन्दुराष्ट्र घोषणा नगरिए कडा संविधान च्यातेर कडा संघर्षमा उत्र्ने चेतावनी दिनुभएको हो ।
उहाँले नेपालको मौलिक पहिचान एवम् परिचयको रूपमा स्थापित हिन्दू धर्म तथा हिन्दू राष्ट्रलाई निमिट्यान्न पार्न पश्चिमाहरूले ठूलो चलखेल गरिरहेकाले सबै नेपाली होशियार हुनपर्ने बेला आएको बताउनुभयो ।
‘पश्चिमाहरूले नेपालमा धर्म युद्ध गराउन खोज्दैछन्, जतिसुकै विदेशी चलखेल भएपनि हिन्दूराष्ट्र कायम गराएरै छाडिन्छ’ उहाँले भन्नुभयो, ‘संविधानमा हिन्दूराष्ट्र उल्लेख नभएमा सो संविधान जनताले नस्वीकार्ने तथा त्यस्तो संविधान च्यातिनेछ ।’
आवश्यक परे हिन्दु धर्म बचाउन कुनै पनि प्रकारको संघर्ष गर्न तयार रहनुपर्ने उहाँको भनाइ थियो ।















प्रतिक्रिया