
काठमाडौँ, १९ असार । ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँ सिल गरिएको छ ।
नगरपालिकाका वडा नं. ११ का ६६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै चापागाउँ क्षेत्र सिल गरिएको हो ।
संक्रमित पुरुषका परिवारलाई होम क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पीसीआर रिपोर्ट नआइञ्जेल सिल गरिने नगरपालिकाले जानकारी दिएको छ । ललितपुरमा वुधबार मात्रै ७ जनामा कोरोना पुष्टि भएको थियो ।















प्रतिक्रिया