२ कार्तिक २०८३, सोमबार

भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको क्षेत्रमा पुगे मोदी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ र भारतीय सेनाबीच झडप भएको क्षेत्रमा पुगेका छन् ।

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र सेना प्रमुख एमएम नाराभाने पनि प्रधानमन्त्री मोदीसँगै छन् ।

उनीहरुले दुई देशका सेनाबीच भिडन्त भएको लद्दाखकै लेह क्षेत्रको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने बताइएको छ । प्रधानमन्त्री मोदी त्यहाँ सेनाको हेलिकप्टरमार्फत पुगेका हुन् ।

गत महिनो उक्त क्षेत्रमा चिनीयाँ र भारतीय सेनाबीच झडप हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो केही घाइते भएका थिए ।

त्यसपछि भारत सरकारले टिकटकसहित ५९ वटा चिनीयाँ एप्समाथि प्रतिबन्ध लगाएको छ ।