२ कार्तिक २०८३, सोमबार

उत्तर प्रदेशमा डीएसपीसहित आठ भारतीय प्रहरी मारिए

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १९ असार । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका छन् ।

घटनामा कयौं प्रहरी घाइते भएको बिबिसी हिन्दीले जनाएको छ । घटनापछि त्यहाँ हाल ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बीबीसी हिन्दीका अनुसार कानपुर प्रहरी त्यहाँ विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न गएको थियो ।

राज्यका प्रहरी प्रमूख हितेश चन्द्र अवस्थीले दुबे त्यहाँको दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी त्यहाँ गएको बताएका छन् ।

प्रहरी आउने सूचना पाइसकेको दुबेको समूह त्यहाँ जेसिबीले बाटो अवरूद्ध गरेर बसेका थियो। उनीहरूले त्यसपछि प्रहरी त्यहाँ पुग्ने बित्तिकै वरीपरीका घरको छतबाट गोली बर्साएका थिए ।

मारिनेमा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल रहेका छन् । घटनामा घाइते प्रहरीको नजिकको रिजेन्सी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको छ ।