३ कार्तिक २०८३, मंगलबार

पद्मोदयले नेता डा. शशाङ्क कोइरालालाई सम्मान गर्‍यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shasanka-Koirala1काठमाडौँ, ३० फागुन । यस वर्षको पद्मोदय माध्यमिक विद्यालय रामशाहपथले दिने ‘पद्मोदय प्रज्ञा सम्मान’ नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालालाई प्रदान गरिएको छ ।

पद्मोदय पूर्वविद्यार्थी सङ्घले शुक्रबार आयोजना गरेको कार्यक्रममा उक्त सम्मान दिँदै पूर्वप्रधानन्यायाधीश केदारनाथ गिरीले ऐतिहासिक महत्व बोकेको पद्मोदयमा पढ्ने विद्यार्थीले विकास र राजनीतिमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।

पुरस्कार ग्रहण गर्दै काँग्रेसका नेता डा कोइरालाले शिक्षा सामाजिक जागरणको प्रतीक रहेको बताउनुभयो ।

कार्यक्रममा पद्मोदय मावि अध्ययनअध्यापन गरेका र प्रशासनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

सोअनुसार अच्युतमणि आचार्य प्रज्ञा पुरस्कार सुदीप घिमिरे, रामलाल श्रेष्ठ प्रज्ञा पुरस्कार कृष्मा तिमल्सिना, रुक्मिणी प्रज्ञा पुरस्कार सुकदेवी लामा, पूर्णानन्द प्रज्ञा पुरस्कार केदारप्रसाद उप्रेती र भुवननाम प्रज्ञा पुरस्कार सुदीप घिमिरेलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख संरक्षक रामलाल श्रेष्ठ र श्यामबहादुर पाण्डेले रु एक एक लाख विद्यालयलाई प्रदान गर्नुभएको थियो ।