४ कार्तिक २०८३, बुधबार

काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना पुष्टि

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तिमध्ये काठमाडौँ उपत्यकामा ३२ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

थपिएका संक्रमितमध्ये २ जना ललितपुरका, २ जना भक्तपुरका र बाँकी २८ जना काठमाडौँका रहेका प्रवक्ता गौतमले जनाए ।

नेपालमा बिहीबार थपिएकामध्ये १०९ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ जना पुगेको छ । त्यस्तै, ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ६ सय ६४ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ । योसहित निको हुनेको संख्या ४ हजार ३ सय २० जना पुगेको छ ।