४ कार्तिक २०८३, बुधबार

दुई जना भारतीयविरुद्ध पौने २ करोडको मुद्दा दायर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । विदेशी विनियम अपचलन गरेको आरोपमा दुई भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान कार्यालय ईटहरीले उनीहरुविरुद्ध १ करोड ७५ लाख ८३ हजार ७ सय १७ रुपैयाँको विगो कायम गरी जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको हो ।

भारतको दार्जिलिङ बस्ने ट्रक चालक रवि शर्मा र विहार बस्ने पप्पु कुमारविरुद्ध विदेशी विनिमय अपचलन गरेको मुद्दा लगाइएको हो ।

उनीहरुलाई डब्लुबी ७३ इ ७६३५ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको १ करोड ९ लाख ७९ हजार ५ सय ३९ भारतीय रुपैयाँसहित मोरङमा खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।

दुवैले गल्ती स्वीकारेका छन् । उनीहरुमाथि पौने २ करोडको विगो कायम गरी मुद्दा चलाइएको छ ।