४ कार्तिक २०८३, बुधबार

काठमाडौँ उपत्यकामा थपिए १७ कोरोना संक्रमित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । काठमाडौं उपत्यकामा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

वुधबार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागश्वर गौतमले जनाएका छन् ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको काठमाडौं उपत्यकाको ठेगाना भने मन्त्रालयले खुलाएको छैन ।