बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

बुधबार स्थायी समिति बैठकअघि बालुवाटारमा प्रधानमन्त्री ओलीले गरेको छुट्टै परामर्शको अर्थ

दैनिक नेपाल २०७७ असार १७ गते ९:०९

काठमाडौं, १७ असार । शीर्ष तहका नेताहरूले नै पदीय जिम्मेवारीबाट अलग हुन माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार स्थायी समितिको बैठकमा प्रस्तुत हुन परामर्श गरेका छन् ।

आफूनिकट स्थायी समिति सदस्यहरूसहित मन्त्रिपरिषदका सदस्यसँग सरकारी निवास बालुवाटारमा बिहान छलफल गरेको बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अध्यक्ष र सरकारमा प्रधानमन्त्रीको जिम्मेवारी छाड्न भन्दै राजीनामाको माग गरेपछि नेकपाको राजनीतिमा नयाँ र गम्भिर मोड आएको छ ।

यस्तै, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतमलगायतले पनि राजीनामाको मात्र माग गरेका थिएनन्, निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको निवेदनका सन्दर्भमा पनि प्रश्न उठाएका थिए ।

यी सबै विषयको सहजीकरण तथा बुधबार आफ्नो प्रस्तुतीकरणका लागि राय लिन आफूनिकटलाई बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएका थिए । उनले पार्टीका केही नेता र भारत समेतले आफूलाई पदबाट हटाउनका लागि चलखेल गरेको भन्ने सार्वजनिक भाषण गरेपछि स्थायी समितिको बैठकमा त्यसको औचित्यबारे प्रश्न मात्र गरिएन, राजीनामा माग गर्दै चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित