४ कार्तिक २०८३, बुधबार

दाङमा ठूलो झुण्डमा भेटियो सलह, मकै र धान बालीमा ठूलो क्षति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । दाङमा ठूलो झु्ण्डमा सलह किरा देखिएको छ ।

स्थानीय मंगलबार जिल्लाका विभिन्न क्षेत्रमा ठूलो संख्यामा सलह देखिएको बताएका छन् ।

त्यसैक्रममा दाङ देउखुरीको लहमी क्षेत्र, घोराही, तुलसीपुरलगायतका विभिन्न स्थानमा सलहले मकैलगायतका बाली तथा धान बालीमा ठूलो मात्रामा क्षति गरेको स्थानीय किसानले बताएका छन् ।

किसानहरुले ठाउँ, ठाउँमा किसानले हो–हल्ला गरेर, थाल भाँडा ठटाएर सलह भगाएका थिए । नेपालमा गत शनिबार बुटवल, बारा, पर्सामा सलह प्रवेश गरेको थियो ।