४ कार्तिक २०८३, बुधबार

उपत्यकामा थपिएका कोरोना संक्रमितमध्ये ४ मात्रै काठमाडौँका अन्य विदेशबाट फर्केका

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । मंगलबार काठमाडौँ उपत्यका थपिएका १६ कोरोना संक्रमितमध्ये ४ जना मात्रै काठमाडौँका रहेका छन् ।

काठमाडौँका ४ जनामा कोरोना पुष्टि भएकाले विवरण लिने काम भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले जनाएका छन् ।

त्यस्तै, पाण्डेका अनुसार अन्य विदेशबाट आएका बताए ।

१४ जना संक्रमितहरु दुबई, साउदी र भारतबाट आएका हुन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरणमा भने प्रवक्ता डा. जागेश्वर गौतमले १४ जनाको मात्रै उल्लेख गरेका थिए ।