काठमाडौँ, १६ असार । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
सोमबार शिशुको शल्यक्रिया गरिएको थियो । म्याग्दी स्थायी घर भएका शिशुको शल्यक्रिया अघि लिइएको स्वाबको परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
शिशुको श्वासप्रश्वासमा समस्या आएपछि आकस्मिक घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरिएको थियो । चिकित्सकले आवश्यक सतर्कता अपनाएर शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शिशुको मंगलबार रिपोर्ट आउँदा पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस