४ कार्तिक २०८३, बुधबार

दाङमा वडाध्यक्षमाथि एक समूहद्धारा खुकुरी प्रहार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १६ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ ।

वडाध्यक्ष फर्साराम डाँगीमाथि मंगलबार विहान साढे ११ बजे अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने फरार रहेका छन् । ४ ५ जनाको समूहबाट भएको खुकुरी प्रहारले वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ ।

उनलाई राप्तीको प्रादेशिक अस्पतालमा लगिएको छ ।