२ कार्तिक २०८३, सोमबार

बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु, एमसीसीबारे ठोस निर्णयको सम्भावना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

मंगलबारको बैठकले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेकपाको ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

नेपालको नयाँ नक्शा, सीमाका विषयमा छलफल गरीसकेको स्थायी समितिले एमसीसीका सन्दर्भमा पनि ठोस निर्णय दिने एक सदस्यले बताए ।

‘आजको बैठक एमसीसी सम्झौताका विविध बुँदाका विषयमा केन्द्रित हुन सक्छ । सोहीअनुसार एउटा निर्णय आउन सक्ला’, ति सदस्यले दैनिक नेपालसँग भने,‘अन्य विषयमा पनि छलफल हुनेछ ।’