४ कार्तिक २०८३, बुधबार

अछामको क्वारेन्टिनमा बसेका एकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ असार । अछामको क्वारेन्टिनमा बसेका एक ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका ५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी जेठ २७ गते भारतबाट अछाम पुगेका हुन् । असार ९ गते आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

ति पुरुषमा असार १३ गते एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि बयालपाटा अस्पताल लगिएको थियो । उनको आकस्मिक कक्षमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

चिकित्सकका अनुसार उनी सुगरका बिरामी थिए । सुगर बढेकाले स्वास्थयमा समस्या आएको चिकित्सकले जनाए । यद्यपि उनी र कुरुवा २ जनासहितको स्वाब संलकन गरेर कोरोना परीक्षणका लागि पठाइएको जनाइएको छ ।