काठमाडौँ, १४ असार । बझाङमा थप ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आइतबार एकैदिनमा थप ७६ जनामा कोरोना पोजेटिभ आएको हो ।
टेकुको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । बुढीगंगा नगरपालिका वडा नं. १ देखि ६ सम्मका २ सय ४४ जनाको स्वाब असार ३ गते संकलन गरी टेकु ल्याइएको थियो । अझै सबैको रिपोर्ट आइ नसकेको बताइएको छ ।
त्यस्तै, वडा नं. ७ देखि १० सम्मका ३ सय ३८ जनाको जुम्लामा गरिएको परीक्षणमा ३३ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस