काठमाडौँ, १४ असार । नेपालमा थप ४ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना देखिएको जानकारी दिएका हुन् ।
२० वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ हजार ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । त्यस्तै, हालसम्म ३ हजार १३ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस