काठमाडौँ, १४ असार । गोेरखाको बारपाकमा पनि सलह किरा देखिएको छ ।
सलह देखिएसँगै स्थानीय किसानहरु चिन्तित हुन थालेका छन् । स्थानीयका अनुसार एक हुल फट्यांग्रा जस्ता किरा आइतबार दिउँसो गाउँमा देखिएको बताए ।
सलह केही मकैबारीमा पसेका तथा केही बाटो र घरका छतमा चढेका बताइएकोछ । त्यस्ता किरा देखिन थालेपछि मारेर स्थानीयहरु बट्टामा जम्मा पार्न थालेका छन् ।
कृषि ज्ञान केन्द्रले बारपाकमा देखिएको किरा सलह नै भएको निश्चित गरेको छ ।
केन्द्रकाअनुसार पाल्पाबाट स्याङ्जा, लमजुङ हुँदै गोरखा आएको हुनसक्ने अनुमान गरिएको छ । लाखौँको हुलमा हिँड्ने सलह बारपाकमा केही संख्यामा मात्रै देखिनुले हुलबाट छुटेर त्यहाँ पुगेको वा हावाले उडाएर त्यहाँ पुर्याएको अनुमान गरिएको छ ।
त्यस्तै, केन्द्रका अनुसार यिनीहरुलाई अण्डा पार्न बलौटे माटो चाहिन्छ । त्यही माटोको खोजीमा पनि सलह जिल्लामा प्रवेश गरेको हुनसक्ने बताइएको छ ।