४ कार्तिक २०८३, बुधबार

सलह किराबाट बाली जोगाउन यसो गर्नुस्

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले सलह किराबाट खाद्यबाली जोगाउनलगायत विशेष अनुरोध गरेको छ ।

भारतबाट सलह किराको नेपाल प्रवेश भएसँगै शनिबार दुई मन्त्रालयद्वारा सयुक्त रुपमा जारी अनुरोधपत्रमा असार १३ गते भारतबाट सलह किराको ठूलो झुण्ड नेपालमा प्रवेश भई खेतवारीमा रहेका खडा वालीहरुलाई व्यापक क्षति पुर्याउने संभावना रहेकोले खाद्य संकट निम्तीन गई मानवजीवनमा प्रतिकूल असर पार्ने अवस्था श्रृजना भएको जनाइएको छ ।

सलह नियन्त्रणका लागि सलहले अतिक्रमण गर्दा धुवाउने, ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू बारीको वारपार टाँगेर दुई जनाले दुईतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने, चराहरूलाई संरक्षण गर्ने, सलह उडनुअघि बिहान बिहानै बाली खानुभन्दा पहिलै बारीबाट सलहलाई धपाउने, प्रकोप क्षेत्रका कृषकहरूलाई पनि विषादीरहीत सलह संकलन गरी पशुपन्छी तथा माछाको दानाहरूमा प्रयोग गर्ने, जालमा समात्ने र नेटजालीहरूमा छोप्ने आदि कार्यहरु गरी सलहबाट हुने क्षतिलाई कम गर्न मन्त्रालयको अनुरोध छ ।

थप आवश्यक जानकारीको लागि सम्बन्धित स्थानीय तहको कृषि विकास शाखा, नजिकको कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र, निर्देशनालय वा मन्त्रालयमा सम्पर्क राख्न मन्त्रालयले भनेको छ ।