
काठमाडौँ, १३ असार । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
शनिबार थप ५ सय ५४ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रे ब्रिफिङमार्फत जानकारी दिएका छन् ।
त्यस्तै, हालसम्म संक्रमण नफैलिएको रसुवा शनिबार एकै दिनमा ८ महिला र १ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, गत २४ घण्टामा थप १ सय ३६ जनाले कोरोना जितेका छन् । जसमा १८ जना महिला र १ सय १८ जना पुरुष रहेका प्रवक्ता गौतमले जनाए ।
यससँगै उपचारपछि निको हुने संक्रमितको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ । शनिबार भरतपुर कोरोना विशेष अस्पतालमा उपचाररत कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।















प्रतिक्रिया