
काठमाडौँ, १३ असार । सल्यानमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ६ सिरेनी निवासी ७७ वर्षीय डिल्लीबहादुर आले रहेका छन् ।
प्रहरीको अनुसार असार ९ गतेदेखि घाँस काट्ने भन्दै आले घरबाट बेपत्ता भएका थिए ।
प्रहरीले आलेको शव डाँङडुङे खोला किनारमा पहिरोले ढाडभन्दा माथिको भाग पुरेको अवस्थामा शुक्रबार पारेको जनाएको छ ।















प्रतिक्रिया