४ कार्तिक २०८३, बुधबार

महोत्तरीमा ३० सहित प्रदेश २ मा थप ३३ जनामा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । महोत्तरीमा ३० र धनुषामा ३ गरी प्रदेश २ मा थप ३३ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा गरिएको परीक्षणमा थप ३३ जनामा संक्रमण पुष्टि भएको हो । १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमितहरु धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टिनमा ३ जनामा, महोत्तरीको सम्सी क्वारेन्टिनमा बस्दै आएका १० जना, औरही स्थित राम विलास मावि क्वारेन्टिनमा बस्दै आएका १ १ वर्षका बालबालिका सहित १० जना र महोत्तरीकै लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टिनमा बस्दै आएका १० जना रहेका छन् ।