
काठमाडौँ, १३ असार । केही दिनदेखि जारी वर्षा शनिबार पनि देशभरका केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आफ्नो ट्विट ह्यान्डलमार्फत मध्याह्न शनिबार दिएको सूचनाअनुसार यतिबेला प्रदेश १ को तराई, प्रदेश ५, गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।
आज दिउँसो देशका धेरै स्थानमा वर्षा हुनेछ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
बुलेटिनअनुसार आज दिउँसो धेरै स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहनेछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा उल्लेख छ ः देशभर धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, २, बागमती, गण्डकी तथा सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि वर्षाका कारण देशका विभिन्न खोलारनदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी महाशाखाका अनुसार आज र भोलि कन्काई,कोसी, कमला, बागमतीमा बहाब बढ्दो हुने, केही साना सहायक नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्ने सम्भावना छ । यसैगरी आगामी २ दिन तराईको भारतीय सीमा आसपासका साना नदीमा जल सतह केही बढ्ने र बाढीको मध्यम जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
मौसमविद्का अनुसार अहिले देशभर मनसुन सक्रिय छ भने नेपाल नजिकै मनसुनको न्यून चापीय रेखा छ। यसैकारण अझै केही दिन वर्षा जारी रहने महाशाखाले जनाएको छ ।















प्रतिक्रिया