४ कार्तिक २०८३, बुधबार

थप १० स्थानबाट पीसीआर परीक्षण गरिने, परीक्षण हुने स्थान ३३ पुग्यो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । सरकारले कोरोना परीक्षणको दायरा बढाउने भएको छ ।

हालसम्म २३ वटा स्थानबाट मात्रै कोरोनाभाइरस संक्रमणका लागि पीसीआर परीक्षण हुने गरेकोमा अब थप १० स्थान गरी देशका विभिन्न ३३ वटा प्रयोगशालाबाट परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमण तीव्र रुपमा फैलन थालेपछि सरकारले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाको मेची अस्पताल, डडेल्धुराको जिल्ला अस्पताल, दैलेखको जिल्ला अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पाको तानसेन अस्पतालमा पीसीआर परीक्षण गरिने जनाएको छ ।

त्यस्तै, बालगुङको धौलागिरी अस्पतला, धनुकटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेनाको काठमाडौँ अस्पतालमा पीसीआर परीक्षण गरिने स्वास्थ्य मन्त्रालयको सूचनामा जनाइएको छ ।

मन्त्रालयले असार १५ गतेबाट दैनिक १० हजारको पीसीआर परीक्षण गर्न सकिने गरी १० स्थान थप गरेको हो ।