
काठमाडौँ, १३ असार । काभ्रेको बनेपामा जोसना श्रेष्ठको घरबाट करिब १८ तोला सुन चोरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ छ ।
बनेपा नगरपालिका ९ स्थित श्रेष्ठको घरबाट मंगलबार खाटको घर्राभित्र राखेको करिब १८ तोला सुनर र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बनेपा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका ८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ५ घर भई बनेपामा डेरा बस्ने सृजना आचार्य रहेका छन् ।
चोरिएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई जिल्ला अदालत काभ्रपलाञ्चोकबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।















प्रतिक्रिया