२ कार्तिक २०८३, सोमबार

कोरोना भाइरस : थप एक संक्रमितको मृत्यु, २८ पुग्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । १० असारमा चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

योसँगै कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।