२ कार्तिक २०८३, सोमबार

अमेरिकामा दुई करोडमा कोरोनाको संक्रमण फैलिएको अनुमान

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युर्याेक, १२ असार । अमेरिकामा कम्तीमा दुई करोड मानिसहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने त्यहाँका स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन् ।

सेन्टर्स फर डिजिजेज कन्ट्रोल (सिडिसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमितको संख्या भन्दा १० गुणा बढी हुन सक्ने जनाएको छ।

सिडिसीका निर्देशक डा.रोबर्ट रेडफिल्डले सञ्चारकर्मीसँग भने, ‘हाम्रो सबैभन्दा उच्च अनुमान यो छ कि एकजना कोरोना संक्रमित पुष्टि भएका ठाउँमा अन्य १० संक्रमित पनि छन् ’

सिडिसीले अमेरिकामा कोरोना महामारीको चपेटमा अधिकांश युवाहरु आइरहेको पनि बताएका हो। युवाहरुमा संक्रमण बढे पनि मृत्युदर भने कम रहेको सिडिसीले जनाएको छ।

अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वकै सबैभन्दा धेरै २५ लाख भन्दा बढी मानिसहरुमा संक्रमण पुष्टि भएको छ भने झण्डै १ लाख २७ हजार मानिसको मृत्यु भएको छ।