४ कार्तिक २०८३, बुधबार

आज राती धेरै भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । आज राति देशका केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिले देशका अधिकांश ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । १, २ नम्बर प्रदेशहरू, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै, यिनै प्रदेशका एक दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा हुने ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलर पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले भनेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले आम नागरिकमा अनुरोध गरेको हो ।

त्यस्तै, भारी वर्षाका कारण खोला, नदीमा बाढी आउन सक्ने भन्दै त्यस तटीय क्षेत्रमा रहेकाहरुमा अझ सजग हुन महाशाखाले अनुरोध गरेको छ ।