४ कार्तिक २०८३, बुधबार

ओमनमा कोरोना नेगेटिभ देखिएका युवकमा नेपाल आएपछि कोरोना पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ असार । ओमनबाट नेपाल फर्किएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनी अन्य १ सय ६६ जनासँग आएका थिए । उनको ओमनमै पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । नेपाल आएपछि उनमा संक्रण देखिएपछि उनीसँगै आएका १६६ जनामा पनि संक्रमण फैलिएको आशंका गरिएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का एक युवासहित १ सय ६६ जना असार १ गते सलाम एयरबाट नेपाल फर्केका थिए ।

जेठ ३२ गते ओमनमै गरिएको परीक्षण नेगेटिभ आएको र असार ६ गते नेपालमा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।