![]()
काठमाडौँ, ११ असार । कर्णाली प्रदेशमा थप ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा बिहीबार थप ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।
थपिएका संक्रमितमध्ये ३४ जना कर्णाली प्रदेशका होइनन् । उनीहरु अन्य जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुर्खेतमा गरिएको परीक्षणमा दैलेखमा १८ जना, सुर्खेतका १२ जना, र कालीकोटका ३ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, जुम्ला, सल्यान, बझाङ, लमजुङ, कैलाली, दार्चुला, बाँके, धादिङ, कास्की, बैतडी र इलामका एक एक जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, जुम्लामा भएको परीक्षणमा बाजुराका ४, बाँके र ताप्लेजुङका ३ ३ जना, गोरखा, ओखलढुंगा र रामेछापका २ २ जना रहेका छन् ।
त्यसैगरी, दैलेख, बैतडी, दाङ, धादिङ, गुल्मी, इलाम, कञ्चनपुर, काठमाडौँ, खोटाङ, लमजुङ र पाल्पाका एक एक जनामा कोरोना देखिएको हो ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संत्रमितको संखया १ हजार ४ सय ७ जना पुगेको छ ।















प्रतिक्रिया