
काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँका २ महिला, २ पुरुष र ललितपुरका एक पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको पाटन अस्पतालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, भक्तपुरकी एक महिला र ३ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।
प्रवक्ता गौतमका अनुसार ललितपुर पाटन अस्पतालमा उपचाररत ललितपुरको महालक्ष्मी ५ का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
उनको बिहीबार विहान मृत्यु भएको हो ।
नेपालमा बिहीबार थप ४३४ जनामा कोरोन पुष्टि भएको छ भने ३१२ जना डिस्चार्ज भएका छन् । ११ हजार १६२ जना कोरोना संक्रमित पुग्दा २ हजार ६ सय ५० ले कोरोना जितेका छन् । त्यस्तै, बिहीबार थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया