४ कार्तिक २०८३, बुधबार

थप ४३४ जनामा कोरोना, २ जनाको मृत्यु, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । नेपालमा गत २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार पोखरा र ललितपुरमा उपचाररत २ पुरुषको मृत्यु भएको हो ।

यससँगै नेपालमा २६ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

त्यस्तै, २ हजार ६ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।