३ कार्तिक २०८३, मंगलबार

उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित गृहिणीले पढ्ने मौका पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ३० फागुन । कञ्चनपुरको झलारीमा कृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालनमा आएपछि उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित रहेका गृहिणीले पढ्ने मौका पाएका छन् ।

गाउँमै क्याम्पस सञ्चालनमा आएपछि क्याम्पसमा ५६ प्रतिशत बढी विवाहित महिलाले अध्ययन गर्दै आएका छन् ।

डडेल्धुराको जोगबुढा, कञ्चनपुरको झलारी, देखतभूली र पिपलाडीका विवाहित महिला उच्च शिक्षाका लागि क्याम्पसमा पढ्न आउन थालेको क्याम्पस प्रमुख सुरेन्द्र मल्लले बताउनुभयो ।

उच्च शिक्षा पढ्नका लागि गाउँमा क्याम्पस नहुँदा विगतमा टाढाको महेन्द्रनगर र धनगढी जानुपर्ने बाध्यता रहिआएकाले अभिभावकले घरका बुहारीलाई टाढा पढ्नका लागि अनुमति नदिँदा पढ्न पाएका थिएनन् उहाँले भन्नुभयो, “हाल घर नजिकै क्याम्पस खुलेपछि पढ्नबाट वञ्चित सबैले पढ्न पाएका छन् ।”

विवाहका कारण उच्च शिक्षा गर्न नपाएकी अनिता ताम्राकारले भन्नुभयो, “विगतमा क्याम्पस टाढा हुँदा पढ्न पाएका थिएनौँ हाल गाउँमै क्याम्पस खुलेपछि स्नातक तहमा भर्ना भएर पढ्न पाएको छु ।”

क्याम्पसमा व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा अध्ययन गर्ने व्यवस्था गरिएको छ । सो क्याम्पसमा पढ्दै आएका ५०० विद्यार्थीमा २७० विवाहित महिला छन् ।