४ कार्तिक २०८३, बुधबार

भैरहवाका ४४ पत्रकारको कोरोना परीक्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, ११ असार । रुपन्देहीको भैरहवा क्षेत्रका ४४ पत्रकारको बिहीबार पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रदेश जनस्वास्थ प्रयोगशाला भैरहवा, भैरहवा भिम अस्पताल, सिद्धार्थ लेडी जेसिज र रोटेरी क्लव अफ सेन्ट्रल लुम्विनीको सहयोग र लुम्बिनी प्रेस क्लव रुपन्देहीको आयोजनामा रुपन्देहीको भारतिय सिमानाका संग जोडिएको दक्षिणी क्षेत्रमा क्रियाशिल ४४ जना पत्रकारहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

भैरहवा भिम अस्पतालमा गरिएको बिहीबारको परीक्षणमा अस्पतालमा रहेको स्वास्थ्य टोलीले कोरोना परिक्षणको लागी पत्रकारहरुको स्वाब सङ्कलन गरेको हो ।

अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायका अनुसार स्वाब संकलनको नतिजा कम्तीमा ४ दिन भित्र आउने जानकारी दिएका छन् ।

लुम्विनी प्रेस क्लवका उपाध्यक्ष नरेश केसीले कोरोना महामारीका समयमा अग्रमोर्चामा रहेर खटिरहेका रुपन्देहीको भैरहवा, मर्चवार, धकधई, लुम्विनी क्षेत्रका पत्रकारहरुको पिसिआर बिधी बाट स्वाव संकलन गरिएको बताए ।

सिद्धार्थ लेडि जेसिजको अध्यक्ष तुल्सा भुसाल पाण्डेले कोरोना संक्रमणको बढ्दो अवस्थामा आफ्नो स्वास्थको समेत चिन्ता नगरी हरेक दिन यस क्षेत्रको समाचार सम्प्रेष्ण गर्ने पत्रकारहरुको कोरोना परिक्षण हुनुपर्छ भन्ने लागेर आफुहरुले भिटिएम किट सहयोग गरेको जानकारी दिए ।

पाण्डेका अनुसार रोटरी क्लव अफ सेन्टरल लुम्विनीका पुर्व अध्यक्ष कृष्ण पाण्डेको सहयोगमा रोटरी क्लव अफ सेन्टरल लुम्विनी र सिद्धार्थ लेडी जेसिजले पत्रकारहरुको कोरोना परिक्षण गर्ने कार्यक्रम आयोजना गरेको बताए ।