४ कार्तिक २०८३, बुधबार

कर्णालीमा थप २८ जनामा कोरोना संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० असार । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक(एकजना रहेका छन् ।

यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक÷एक जना महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठान जुम्लामा सङ्क्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् । रासस