४ कार्तिक २०८३, बुधबार

अभूतपूर्व एकता देखाएकोमा राष्ट्रपतिद्धारा दलहरुलाई धन्यवाद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको मामिलामा अभूतपूर्व एकता देखाएकोमा धन्यवाद दिएकी छन् ।

उनले नेपालको अतिक्रमित भूमि समेटेको नयाँ नक्सा पारित गर्न दलहरुले देखाएको एकताको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई वुधबार साँझ शीतल निवासमा बोलाएर नक्सा पारित गर्न संविधान संशोधनका लागि दलहरु एकसाथ भएकोमा धन्यवाद दिएकी हुन् ।

शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दलका नेताहरुसँग करिब एक घण्टा भेटघाट गरेकी थिइन् । जनता समाजवादीका राजेन्द्र महतोबाहेक अन्य कुनै नेताको मन्तव्य नरहेको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

यसअघि रात्रीभोजको आयोजना भनिएको भए पनि नेताहरुले चिया पिएर निस्किएको स्रोतले जनाएको छ ।