
काठमाडौँ, १० असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोनाभाइरस देखिएको छ ।
प्रदेशको ३ जिल्लामा १३ जना संक्रमित थपिएका हुन् ।
जसमा पोखरा महानगरपालिकामा ४ जना रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अुनसार पोखरामा ४, गोरखाका २ र स्याङ्जाका ७ नयाँ संक्रमित थपिएका हुन् ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ४२ पुगेको छ ।















प्रतिक्रिया