
काठमाडौँ, १० असार । काठमाडौँ उपत्यकामा थप २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत भक्तपुरमा १ जना महिला र काठाडमौँमा एक जना पुरुष कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ६ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमित १० हजार ७ सय २८ जना पुगेको छ ।
त्यस्तै, वुधबार १०६ पुरुष र ८ महिला गरी थप ११४ जनाले कोरोना जितेका मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया