
काठमाडौँ, १० असार । बाँके र सुनसरीमा बेग्लाबेग्लै दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका १ सिक्टाको जंगलस्थित सडकमा बा.१४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा कार चालक चितवन भरतपुर महानगरपालिका १२ बस्ने ४१ वर्षीया कमल राज लम्साल सहित २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरीको ईटहरी उपमहानगरपालिका ८ खोलाटोलीस्थित सडकमा पूर्वबाट आउँदै गरेको को.३९ प ५५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ईनरुवा नगरपालिका ७ बस्ने ३५ वर्षीय साइकलयात्री मोहमद नजुन मिँयाको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया