४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ, अहिलेसम्मकै उच्च

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

वुधबार सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँ पुगेको छ ।

मंगलबारको भन्दा ५ सयले बढेर आज उक्त मूल्य कायम भएको हो । वुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ७ सय ४३ अमेरिकी डलरमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले यसको असरस्वरुप नेपालमा पनि यसको भाउ बढेको सुनचाँदी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ रहेको छ ।