४ कार्तिक २०८३, बुधबार

किर्ते हस्ताक्षर गरी ३ लाख ठगी गरेको अभियोगमा पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १० असार । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका १ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका १३ बस्ने चितवन भरतपुर महानगरपालिका ६ की मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय वीरगंजमा रहेको खाताको हस्ताक्षर किर्ते गरी अपरिचित व्यक्तिले मोबाइल नम्बर ९८२९२४३५६० बाट मिराकै मोबाइल बैकिङ सेवा सुचारु गरी पटक पटक गरी ३ लाख रुपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा नादिरको खातामा रकम ट्रान्सफर भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।