१ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपति झाले आफ्नो घर जोगाए, जनताको भत्काए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parmanand_jhaकाठमाडौं, ३० फागुन । उपराष्ट्रपति परमानन्द झाको सडक विस्तारमा परेको घर जोगाउन छिमेकीको घर भत्काइएपछि स्थानीय आन्दोलित भएका छन् ।

नगर विकास प्राधिकरणले सडक विस्तार गर्ने क्रममा शुक्रबार बिहान उपराष्ट्रपति झाको गौरीघाटस्थित घर नभत्काई अरुको मात्र भत्काएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सडकको तल्लोतर्फ रहेको झाको घरलाई जोगाउन माथिल्लोतर्फ रहेको घर धेरै भत्काउन खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

गौरीघाट–बौद्ध सडकखण्डमा अरु सबै घर भत्काइए पनि झाको घर भने भत्काइएको छैन् । उपराष्ट्रपति झाले भने घर बनाउँदै दुई मिटर छाडेको दाबी गरेका छन् ।

शुक्रबार बिहानै उक्त क्षेत्रमा सडक विस्तारको बाँकी काम गर्ने क्रममा सर्वसाधारणको भत्काइएको थियो ।

उपराष्ट्रपतिको नभत्काइएको भन्दै स्थानीय आन्दोलित भएपछि दिउँसो चार बजे डोजर फर्कने क्रममा उपराष्ट्रपतिको घरको ‘टप’ मात्र थोरै भत्काइएको थियो ।

हाल प्राधिकरणले बनाएको पर्खाभन्दा बाहिर उपराष्ट्रपतिको घर परे पनि नभत्काएर उनकै लागि सडक घुमाएको स्थानीय रामकृष्ण कर्मचार्यले बताए ।

त्यसरी सडक घुमाउँदा आफूहरुको घर धेरै पर्ने भएपछि आन्दोलनमा उत्रिएको उनको भनाइ छ । उक्त सडकको मापदण्ड ११ मिटर छ ।