
ओखलढुंगा, १० असार । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ मा रहेकी आमा प्रेमकुमारी श्रेष्ठ ८१ बर्ष पुगिन् । उनका सन्तान बेलायतमा बस्छन् ।
हरेक बर्ष आमाको जन्म दिनमा उनका अनेक उपहार हुन्छन् । यस बर्ष पनि नबिर्सि आमाको जन्म उत्सव मनाउने निधो गरे । यो उत्सवमा प्रेमकुमारीको अनुहारमा मात्र मुस्कान थिएन, उनका पति होमबहादुरको आँखामा अति खुसी र सोही ठाउँका गरिब र विपन्न परिवारका मुहारमा प्रशन्नता थियो ।
बेलायतवासी पूर्व प्रहरी अधिकारी शिवजी श्रेष्ठले आमाको जन्मोत्सवमा जन्मथलो ओखलढुंगाका गरिब र विपन्न परिवारका लागि खाद्यान्नलगायतका राहतको सामग्री पठाएका थिए ।
प्रेमकुमारी भन्छिन्,‘यो निक्कै खुशीको कुरा हो । मेरो जन्म दिनमा अहिलेको संकटको अवस्थामा गरिब र विपन्नलाई सहयोग गर्न पाइयो । यो निक्कै ठूलो उपहार हो, मेरा लागि ।’
२४ परिवारका लागि ३० किलो चामल, दाल, नुन, चना, मसलालगायतका खाद्य सामग्री शिवजीले उपलव्ध गराएका हुन् । विश्वव्यापी महामारी कोभिड–१९ को प्रभावमा परेका परिवारका लागि आमाको जन्मोत्सवका अवसरमा शिवजीले यस्तो सहयोग गरेका हुन् ।
शिवजी उनै हुन् जसले तीन दिनअघि मात्र आफ्नी पत्नी उर्मिला श्रेष्ठको जन्मोत्सवका अवसरमा ससुराली गाउँ इलाममा पनि महामारी प्रभावमा परेका परिवारलाई यस्तै सहयोग गरेका थिए ।
सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको राहत वितरण भएको थियो । कार्यक्रममा मेयर श्रेष्ठले सम्पूर्ण बिश्व नै कोभिड–१९ रोग संगै भोकले आक्रान्त भएको बेला यसरी आफ्नी आमाको जन्मदिनमा बिपन्न परिवारलाई राहत बितरण गरेर जन्मदिन मनाउने सोचबाट आफु प्रभावित भएको बताए ।
यसै पनि सामाजिक कार्य गर्ने मान्छे धेरै कम रहेको उल्लेख गरेका मेयर भन्छन्,‘देश–बिदेशमा रहेका सन्तानहरुले यस्तो अबस्थामा आफ्नी आमाको जन्मदिनमा यसरी दुखीलाई राहत दिनु सह्राहनीय कार्य हो ।’
सोहि नगरपालिकाकी उपमेयर इच्छा गुरुङले आफ्नो खर्च कटाएर आफ्नो आमाको जन्मदिनमा बिपन्न परिवारलाई राहत बाँडेर पुण्य कर्म गर्ने परिवार उदाहरणीय रहेको बताइन् ।
त्यस अवसरमा परिवारको तर्फबाट बुहारी सम्झना श्रेष्ठले आमा–बुवाको इच्छा बमोजिम ‘हुने खानेलाई हैन हुँदा खाने’का लागि केही गरौ भनेर नै यस कोभिड–१९ मा काम र माम बाट बन्चित भएका केहि परिवारहरुको चुल्हो निभ्न नपाओस् भन्ने उदेश्यले समाजसेवी र जनप्रतिनिधिहरुको समेत सहभागिता र सिफारिसमा छानिएकाहरुलाई राहत बितरण गरिएको बताइन् ।
आजभन्दा ५ बर्ष अगाडि उनै सन्तानहरुले आफ्ना बुवा(–ामाको नाममा सामाजिक संस्था गठन गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न होम बहादुर– प्रेम कुमारी ट्रष्टको नाममा बिद्यालय सजमाबि ओखलढुंगामा इ–लाइब्रेरी स्थापना गरेका थिए ।
ट्रष्टमा प्रसिद्ध सीमाबिद् बुद्धि नारायण श्रेष्ठको अध्यक्षतामा अन्नपूर्ण पत्रकार अखण्ड भण्डारी, त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक डा शंकर खनाल, सर्बोच्च बारका अधिवक्ता श्रीमती लक्ष्मी पोखरेल, जनक शिक्षा सामाग्री केन्द्र र ३ न प्रदेशका निमित्त इन्चार्ज राम बिनय श्रेष्ठ, खानेपानी संस्थान, काठमाडौँका अधिकृत कल्पना मानन्धर लगायतका व्यक्तित्व छन् ।
सो अवसरमा ओखलढुंगा क्याम्पसका प्रमुख तथा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सुमन राजभण्डारी, उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, ओखलढुंगा पारस्परिक गुठीका अध्यक्ष लगायतका पदाधिकारीको हातबाट वितरण गरिएको कार्यक्रमको संयोजक केन्द्र श्रेष्ठले बताए ।











प्रतिक्रिया