१ कार्तिक २०८३, आइतबार

जातीय राज्य एमालेले नमान्ने, एमाओवादीले नछाड्ने, कसरी मिल्ने कुरा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balkot-meetingकाठमाडौं, ३० फागुन । नेकपा एमालले जातीयताका आधारमा प्रदेशको नाम राख्न अस्वीकार गरेपछि सत्तारुढ र बिपक्षी एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा बिच अझै सहमति जुटन सकेको छैन्।

संविधान निमार्णका बिषयमा छलफल गर्न बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका बिपक्षी एमाओवादीलाई जातीय राज्य अस्विकार गर्ने ओलीले जवाफ दिए पछि सहमति जुटन नसकेको हो।

एमाओवादीका शीर्ष नेता ओलीसँग छलफल गर्न शुक्रबार उनकै निवास बालकोट पुगेका हुन्।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पहिचानका ५ मध्य जातीय आधारलाई स्विकार गर्नै नसकिने जनाए पछि सत्तारुढ एमालेसँग सहमति जुटन नसकेको बताएको नागरिक दैनिकले छापेको छ ।

‘उहाँहरुले आज पनि प्रस्टसँग जातीय जनसंख्याका आधारमा नाम र प्रदेशको बनौट बनाउने कुरा मान्नै सकिदैन भन्नु भयो’, श्रेष्ठले भने, ‘बिबादित ५ जिल्लाका पुर्ववतः अडानवाट पनि पछी हटन नसक्ने जनाए पछि सहमति हुन सकेन्।’

नका अनुसार एमाले र एमाओवादी बिच संविधानका बिबादित बिषयमा सहमति जुटन नसके पनि छलफल भने जारी नै राख्ने गरी बैठक टुंगिएको थियो।