
काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार उनीहरुबीच डेढ घण्टा लामो छलफल भएको थियो ।
पार्टीको स्थायी कमिटीको बैठकमा पेश गरिने एजेण्डा तय गर्न उनीहरुबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि स्थगित हुँदै आएको स्थायी किमटीको बैठक असार १० गते बस्ने तय भएको छ ।
स्थायी कमिटीमा एमसीसी, कोरोनाभाइरस नियन्त्रणलगायत विषयमा समीक्षा एवम छलफल हुने जनाइएको छ ।















प्रतिक्रिया