७ मंसिर २०८३, सोमबार

बझाङको क्वारेन्टाइनमा युवकद्वारा आत्महत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ९ असार । बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकले आत्महत्या गरेका छन् ।

विद्यालयको अलग्गै कोठामा बसेका युवक पासो लागेको अवस्थामा फेला परेका थिए । ६ असारमा भारतबाट आई क्वारेन्टाइनमा बसेका युवक सोमबार विहान झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको हो । उनको स्वाब संकलन गरी डडेल्धुरामा परिक्षणका निम्ति पठाइएको छ ।