
दाङ, ९ असार । पिसीआर परीक्षण रिपोर्ट दिन ढिलो भएपछि दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् । उनीहरूले सडकमा निस्किएरै प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ गरेपछि फर्किएका हुन् ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिपोर्ट ढिला हुँदा क्वारेन्टिनमा बस्नेहरु आत्तिएको बताए । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुँदै आएको छ ।











प्रतिक्रिया